• ९ माघ २०८१, बुधबार

नुवाकोटको त्रिशुली अस्पतालको पिसिआर ल्याब बन्यो देशकै उत्कृष्ट

Trishuli Hospital

नुवाकोट,७ असार । नुवाकोटको त्रिशुली अस्पतालको पिसिआर ल्याब देशभरमै उत्कृष्ट भएको छ ।

रााष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौले क्वालिटि कन्ट्रोल अर्थात (क्युसी) परिक्षण गर्दा अस्पतालको पिसिआर प्रयोगशालाले सय अंकमा सय अंक नै पाएर देशभरमै प्रथम बन्न सफल भएको त्रिशुली अस्पतालका आरटी पिसिआर ल्याबका प्रमुख माइक्रोबायोलोजिष्ट ज्ञानेश्वर थारुले जानकारी दिए ।

अस्पतालमा पिसिआर परिक्षण गरि देखाइएको नजितालाई आधार मानेर हेर्दा त्रिशुली अस्पतालको ल्याबको नजिता शतप्रतिशत मिलेर अस्पताल देशभरमै प्रथम बन्न सफल भएको थारुले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्