नुवाकोट, २३ असार । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाले नुवाकोटको विदुर नगरपालिका वडा नं १ को विभिन्न स्थानमा सोलार बत्ती जडान गरेका छन् ।
रिमालले विदुर नगरपालिकाको वडा नं १ स्थित त्रिशुलीमा रहेको राममन्दिर, मरनपाटी लगायतका क्षेत्रमा सोलार बत्ती जडान गरेको नेकपा एमाले नुवाकोटले जानकारी दिएको छ ।
यस्तै नुवाकोटको अन्य सार्वजनिक स्थान स्थान पाटीपौवा, घाटहरुको संरक्षणका लागि निरन्तर सहयोग गर्ने नेता रिमाले प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकार विष्णु रिमाल नेकपा एमाले स्थायी कमिटी सदस्य समेत रहेका छन ।