• १२ जेष्ठ २०८३, मंगलवार

नुवाकोटको शिवपुरी-१ मा ज्यामिरे खोला पुल निर्माण सम्झौता मिति अगावै सम्पन्न

नुवाकोट, २४ असार नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. १ को ज्यामिरे खोला पुल सम्पन्न सम्झौता मिति अगावै सम्पन्न गरि निर्माण कम्पनिले आयोजनालाई हस्तान्तरण गरेको छ ।

नाना कल्पवृक्ष जेभि निर्माण कम्पनिले ठेक्का पाएको उक्त आयोजनाको निर्माण सम्पन्न गर्ने सम्झौता मिति भन्दा ३ महिना अघि नै पुलको निर्माण सम्पन्न गरेर आयोजनालाई हस्तान्तरण गरेको ठेकेदार नरेश ढुंगानाले जानकारी दिए।

२५ मिटर लामो उक्त पुलको निर्माणमा करिब २ करोड ८७ लाख ८६ हजार ५ सय ९८ लागत लागेको बताइएको छ ।

देशव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ सङ्क्रमणको अवस्थामा पनि स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै सझौता मिति भन्दा ३ महिना समय अगावै सम्पन्न गरिएको ठेकेदार कम्पनीले जानकारी दिएको छ ।





प्रतिक्रिया दिनुहोस्