• २५ भाद्र २०८१, मंगलवार

नुवाकोटको ४३ स्वास्थ्य केन्द्रलाई स्वस्थ्य सामाग्री

नुवाकोट,२९ असार । बोधिसत्व बिहारसँगको सहकार्यमा एन्जिलिना शिवशक्ति ट्रस्टले नुवाकोटको ४३ वटा स्वास्थ्य केन्द्रलाई अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

ट्रष्टका अध्यक्ष एवम् नेपाली कांग्रेस नुवाकोटका नेता शिव अधिकारी “अविरल” ले सोमबार एक कार्यक्रमका बिच किस्पाङ गाउँपालिका, मेघाङ गाउँपालिका, बेलकोटगढी नगरपालिका, विदुर नगरपालिका, ककनी गाउँपालिका, तादी गाउँपालिकाको स्वास्थ्य चौकी र तारकेश्वर गाउँपालिका स्थित दाङसिंह प्रहरी चौकीलाई अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बोधिसत्व विहारका सुप्रिम मास्टर हेगुवाङ शी र कार्यक्रम संयोजक शान्त शर्माको उपस्थिति रहेको थियो। सोही अवसरमा हिजो नेै काठमाडौं तारकेश्वर नगरपालिका वडा ४ को स्वास्थ्य केन्द्रलाई पनि ट्रष्टले स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कोरोना संक्रमणको पछिल्लो अवस्था र त्यसले पार्न सक्ने स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै स्वास्थ सामाग्री प्रदान गरिएकाले कोरोना विरुद्धको लडाईमा यसले थप मदत गर्ने ट्रस्टका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।

अधिकारीले यसअघि तार्केश्वर गाउँपालिकामा ९ , विदुर नगरपालिकाको त्रिशुली अस्पताल ४ थान , बेल्कोटगढी नगरपलिकामा २ थान , मेघाङ र किस्पाङ २/२ थान र ककनी, सुर्यगढीमा १/१थान र शिवपुरी गाउँपालिकाको थानापति स्वास्थ्य चौकीलाई १ थान गरि २२ थान अक्सिजन कन्सन्ट्रेटरसहित विभिन्न औषधि र अन्य स्वस्थ्य सामाग्री प्रदान गरिसकेका छन् ।

कोरोना संक्रमणको दोस्रो लहर सुरुभएसंगै उनले नुवाकोटमा मास्क , सेनिटाइजर लगायतका अत्यावश्यक स्वास्थ सामाग्री बितरण सुरु गरेका थिए । कोरोना संक्रमणबाट नागरिकलाई बचाउने अभियानमा निरन्तर सहयोग र सहकार्य गर्ने बोधिसत्व विहारका सुप्रिम मास्टर हेगुवाङ शी र कार्यक्रम संयोजक शान्त शर्माप्रति अधिकारीले विशेष आभार प्रकट गरेका छन ।





प्रतिक्रिया दिनुहोस्