नुवाकोट, २ साउन । नुवाकोटको ककनी गाँउपालिकाले प्रशासनिक भवनको शिलान्यास गरेको छ ।
गाउँपालिकाको कुल ९ करोड ५ लाख लागत रहेको सो भवनको प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले शिलान्यास गरेका हुन। भवन शिलान्यास गर्दै नेता तामाङले स्थानिय तहलाई थप विकसित गर्ने क्रममा गाउँपालिका एक कदम अगाडि बढेको बताए ।
गाउँपालिकाको वडा नम्बर ४ स्थित रानिपौवा स्वास्थ्य कार्यालय नजिकै बन्ने प्रशासनिक भवनको शिलान्यास समारोहमा गाउँपालिका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सीता खतिवडा, ४ नम्बर वडाका अध्यक्ष दिपेश तामाङ लगायतका स्थानीय जनप्रतिनिधि,राजनीतिकर्मीहरुको सहभागिता रहेको थियो।
भवन निर्माणको लागि गाउँपालिकाले गाँउसभाबाट बजेट सुनिश्चित गर्दै निर्माण कार्य अगाडी बढाइएको ककनी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र नेपालले जानकारी दिए।