• १२ जेष्ठ २०८३, मंगलवार

बागमती सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री केशवराज पाण्डेलाई

काठमाडौं, ३ भदौ । बागमती प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मन्त्री केशवराज पाण्डेलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त पाण्डेलाई बैठकले प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

बैठकले कोभिडविरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन, अनुगमन तथा नियमन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पाण्डेले जानकारी दिनुभएको छ ।

यसअघि बुधबार राति नै शपथ ग्रहणपछि नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । उहाँले आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकास मन्त्रीमा केशवराज पाण्डे र सामाजिक विकास मन्त्रीमा कृष्ण खनाललाई नियुक्त गर्नुभएको थियो ।

प्रवक्ताको जिम्मेवारी पाउनुभएका पाण्डे नुवाकोटको क्षेत्र नम्बर २ को ख बाट निर्बाचित प्रदेश सांसद हुनुहुन्छ ।





प्रतिक्रिया दिनुहोस्