नुवाकोट, २२ असोज । नेकपा एकीकृत समाजवादी नुवाकोटको तादी गाउँपालिका वडा नं. १ उर्लेनी- काठमाडौं सम्पर्क मञ्चको बडा दशैंको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
एकीकृत समाजवादीका नेता केपी लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथि रामकृष्ण राज भण्डारी, सभापति यमबहादुर तामाङको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला कमिटी सदस्य रोशन थापा, मेघराज लामिछाने , सुरेश अधिकारी, समिर तामाङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन फूर्वा छिरिङ तामाङले गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी संघठन कमिटी तादी-१ द्वारा उर्लेनी- काठमाडौं सम्पर्क मञ्चको शुभकामना कार्यक्रम गरिएको तादि गाउँपालिका एकीकृत समाजवादीका नेता केपी लामिछानेले जानकारी दिए ।