धादिङ, ९ माघ । ईलाका प्रहरी कार्यालय गजुरी धादिङले मोटरसाईकल चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ ।
प्रदेश ०२-०१८ प ४४२२ नम्बरको मोटरसाईकल चोरी गरेको अभियोगमा २ जना ५ गते बुधवार पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमाधादिङ गजुरी गाउँपालिका वडा नम्बर ८ भिरखर्क बस्ने वर्ष २६ को बुद्दिमान तामाङ र सोही ठाउँ बस्ने वर्ष १९ को कविराज तामाङ रहेका छन् ।
ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले गल्छी गाउँपालिका वडा नम्बर ७ भल्टारस्थित सडकमा सवारी साधन जाँच गर्ने क्रममा चोरी गरि ल्याएको उक्त मोटरसाइकल सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरुमाथि चोरी सम्बन्धि कसुरमा जिल्ला अदालत धादिङबाट म्याद अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।