• २४ फाल्गुन २०८२, आईतवार

अन्धाधुन्ध खुकुरी प्रहारबाट दुई जनाको हत्या

सिन्धुपाल्चोक, २४ माघ । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ७ माथिल्लो चिम्लिङमा अन्धाधुन्ध खुकुरी प्रहार गरि दुई जनाको हत्या भएको छ।

चिम्लिङका  विजय तामाङले मादक पदार्थ सेवन गरि सोही ठाउँका ७० वर्षका बासुमाया तामाङ र ५९ वर्षका सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ। 

हत्यापछि विजय फरार भएका छन्। फरार तामाङको खोजीकार्य जारी रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 





प्रतिक्रिया दिनुहोस्