• २६ फाल्गुन २०८२, मंगलवार

धादिङको गजुरी घाटबेसीबाट २६४ केजी गाँजा सहित एकजना पक्राउ

धादिङ : धादिङको गजुरी गाउँपालिका स्थित घाटबेसीबाट २६४ केजी गाँजासहित सोही ठाउँका ३६ वर्षीय बुद्धिमान तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङ चालक हुन् ।

May be an image of 1 person

काठमाडौंबाट भैरहवा जान लागेको ग.१ ख.९७५४ नम्बरको ट्रकमा गाँजा लोड गर्दै गरेका ट्रक चालक तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आज धादिङ, काठमाडौं, मकवानपुर, र झापाबाट अवैध लागू औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

May be an image of outdoors

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२ लाजिम्पाट खुर्सानीटारबाट ३५० ग्राम गाँजासहित रामेछाप घर भएका १९ वर्षीय चिना तामाङ, मकवानपुरको हेटौंडा उपमहानगरपलिका–१० न्युरेनीबाट ३०५ ग्राम खैरो हेरोइनसहित सोही उपमहानगरपलिका–३ बस्ने १९ वर्षीय राजेन्द्र कामी, झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट एक ग्राम ब्राउन सुगरसहित अर्जुनधारा नगरपालिका–११ बस्ने ३२ वर्षीय पशुपति दाहाल पक्राउ परेका हुन् । 

May be an image of outdoors




प्रतिक्रिया दिनुहोस्