• २२ भाद्र २०८१, शनिबार

तालिवानद्धारा पत्रकारमाथि आक्रमण, महिला पत्रकारलाई घरबाटै काम गर्न आदेश

भदौ, ४ एजेन्सी । अफगानिस्तान कब्जा गरेपछि तालिवानले आफ्नो पहिलो प्रेस सम्मेलनमा सबैलाई स्वतन्त्रता दिने घोषणा गरे । महिलाहरुलाई पनि काम गर्न दिने बताए ।

तर, जब तालिवानले सत्ता कब्जा गरेको केही दिन भयो तालिवानको बोल्ने र काम गर्ने शैलीमा परिवर्तन भयो । अफगानिस्तानको भिन्न-भिन्न इलाका पुगेर तालिवानले पत्रकारलाई कुटपिट गरेका छन् । कोहीको घरमा हमला गरे भने कोही महिला भएका कारण कामबाट निकालेका छन् ।

अफगानिस्तानको ‘रेडियो टेलिभिजन अफगाननिस्तान’का साहर नासारीका अनुसार केही दिनमै तालिवानले भन्ने र काम गर्नेमा फरक देखिएको बताए । तालिवान लडाकुले पत्रकारको क्यामरा फुटाइदिए र पिटे । यो सब काबुलमा भएको हो जहाँ दुई पत्रकारहरु रिपोर्ट बनाइरहेका थिए ।

जानकारीका अनुसार पछिल्लो केही दिनमा तालिवानले अलग-अलग स्थानमा अफगानी पत्रकारको निशाना बनाएका छन् भने कतिको घरमा छापा मारेका छन् । अफगानिस्तानो एक न्युज एजेन्सीका अनुसार तालिवानले त्यहाँका करिब १८ महिला रिपोर्टरलाई नयाँ सरकारको नयाँ नियम नबनुन्जेल घरबाट काम गर्नका लागि भनेका छन् ।

अफगानिस्तानको न्यूज प्रेजेन्टर दावरालाई उनको जागिरबाट हटाइदिएका छन् । किनकि उनी महिला थिइन् । अब महिला कामदारले काम गर्न मुश्किल भएको छ । तालिवानले भनेका थिए उनको सरकारमा महिला पनि सामेल हुन सक्नेछन् । तर तालिवानले विभिन्न इलाकामा महिलालाई गरेको अत्याचार हेर्दा त्यस्तो लागदैन् ।





प्रतिक्रिया दिनुहोस्