नुवाकोट, २० पुस । नुवाकोटको तारकेश्वर गाउँपालिकाको दाङसिङ स्वास्थ्य चौकी निर्माण गर्न चौकीको जग्गाबाट विद्युत पोल अन्यत्र सार्न स्थानीयले नेपाल विद्युत प्राधिकरणलाई अनुरोध गरेको छ।
माओवादी केन्द्र तारकेश्वरका अध्यक्ष तथा स्थानीय नेता सोम तामाङको नेतृत्वमा प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेट गरि तारकेश्वर गाउँपालिका दाङसिङ स्वास्थ्य चौकि भवन निर्माण कार्य गर्न असर पार्ने भएकोले विद्युतको थ्रिफ्रेज लाईनको पोल हटाउन आग्रह गरेका थिए।
स्थानीयको आग्रहलाई स्विकार गर्दै कार्यकारी निर्देशक घिसिङले नुवाकोट विद्युत प्राधिकरण कार्यालय प्रमुखलाई लाग्ने इष्टमेड भन्दा बढी इष्टमेड नगरीकन स्वास्थ्य चौकि भवनको काम कारबाही अगाडि बढाउन र पोल सार्न निर्देशन दिएका छन् ।
पहिला कुनै पनि विद्युत पोल हटाउन र सार्न स्थानिय तथा जिल्लाबाट हुने भएपनि व्यापक अनियमितता हुने गरेको पाएपछि कार्यकारी निर्देशकमा घिसिङको नियुक्ति पछि केन्द्रिय निर्णय बिना पोल सार्न नमिल्ने नियम बनाएको प्राधिकरणले जानकारी दिएको छ।