• ९ माघ २०८१, बुधबार

विक्रमासिङ्घे श्रीलंकाका प्रधानमन्त्री

कोलम्बो : श्रीलंकाको प्रधानमन्त्रीमा रणिल विक्रमासिङ्घे नियुक्त भएका छन्। २२५ सदस्यीय संसद्‌मा एक सिट मात्र रहेको युनाइटेड नेशनल पार्टी (युएनपी) का तर्फबाट ७३ वर्षीय नेता सिङ्घे पाँचौँपटक प्रधानमन्त्री बनेका हुन्। नवनियुक्त प्रधानमन्त्री विक्रमासिङ्घेले आजै राष्ट्रपति गोतबाया राजपाक्षेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

चरम आर्थिक संकटमा फसिरहेका वेला विक्रमासिङ्घेले अन्तरिम प्रशासनको नेतृत्व गर्न सबै दलको समर्थन प्राप्त गरेका छन्। संकटकैबीच प्रदर्शनका घटना बढ्दै जाँदा केही दिनअघि महिन्दा राजपाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

यसअघि श्रीलंका सरकारमा चारपटक प्रधानमन्त्री भइसकेका विक्रमासिङ्घेलाई तत्कालीन राष्ट्रपति मैत्रीपाला सिरिसेनाले २०१८ को अक्टोबरमा प्रधानमन्त्री पदबाट हटाएका थिए। यद्यपि  दुई महिना नबित्दै सिरिसेनाले उनलाई प्रधानमन्त्रीमा पुनर्बहाली गरेका थिए।





प्रतिक्रिया दिनुहोस्