विदुर, १० असोज । नेपाली कांग्रेस विदुर नगर सभापतिमा हरिलाल श्रेष्ठ विजयी भएका छन्।
प्रतिद्वन्द्वी बद्री रिमाललाई हराउँदै श्रेष्ठले चुनाव जितेका हुन्।
आइतबार भएको नगर अधिवेशनले श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन्।
नेपाली कांग्रेसका पुराना नेता श्रेष्ठलाई कांग्रेस नेता केसी समूहको साथ रहेको देखिन्छ ।